कालीतोली एक प्राचीन सभ्यता हो । पुराणप्रसिद्ध मानसखण्डको काली नदी वरिपरिको सेरोफेरोमा हाम्रा पूर्खाहरुले निर्माण गरेको मौलिक सभ्यता र सांस्कृतिक भूगोललाई समेटेको कालीतोली सम्भयता वर्तमानमा सुदूरपश्चिममा मात्रै नभएर संसारका हरेक कुनामा फैलिदै गइरहेको छ ।
विशष गरी शिवशक्ति (गौरामहेश्वर) लाई आराध्यका रुपमा मान्ने यस समुदायको मौलिक पहिचानका रुपमा काली तोलीलाई लिन खोजिएको हो । भगवान शिवका प्रमुख ज्योतिर्लिङ्ग प्राकट्य रहेको यस पुण्यभूमिमा ग्वाल्लेक, रौला, धज र थल केदारका विभिन्न स्वरुप अवस्थित छन् भने तिनकै शक्तिका स्वरुपमा निङ्लाशैनी, पोटलाशैनी (रैण्याशैनी), डिलाशैनी, कफलाशैनी, बिजाशैनी (बोदलाशैनी), मेलशैनी, कालशैनी भगवती र भुम्या, भूमिराज, भागालिङ्ग देवताका प्रसिद्ध धामहरु यस पुण्यभूमिमा अवस्थित छन् । यसका अतिरिक्त थुप्रै पुराणप्रसिद्ध तीर्थस्थलहरु पनि यस क्षेत्रमा रहेका छन् । प्राचीन इतिहास बोकेका धार्मिक, ऐतिहासिक, पर्यटकीय स्थलहरुले यो क्षेत्र सोभायमान रहेको छ । यस क्षेत्रको मौलिक भाषा, कला, साहित्य, संस्कृति, लोकसाहित्य लगायत लोकवार्ताका विविध विषयवस्तु र पूर्खाहरुको गौरवमय इतिहासले अझ भिन्न पहिचान बोकेको पाइन्छ ।
यिनै प्राचीन तथा आधुनिक विषयवस्तुको खोजी गरी तिनको संरक्षण सम्वर्धन र प्रचारप्रसार गरी विश्वसामु हाम्रो मौलिक पहिचान झल्काउने उद्देश्यका साथ कालीतोली डटकमकमे सुरुवात गरिएको छ । यसमा यहाँहरुको रचनात्मक सल्लाह, सुझाव तथा सहयोगको अपेक्षा गरिन्छ ।
