कविराज भट्ट । धुम्रपान, मद्यपान निषेधका अभियन्ताज्यू गरीब राष्ट्रहरूका लागि धुम्रपान र मद्यपानको तलभन्दा सामाजिक सञ्जालको लत खतरनाक हुँदो रहेछ । विगत केही वर्ष यता नेपालमा नेपालमा मासिक दश हजार माइ नहुनेको हातमा न्यूनतम २० हजार भन्दा बढी मूल्यको मोबाइल र एक किलो अनाज नहुनेको घरमा वाइफाइ जडान भएको प्रत्यक्ष देख्न सकिन्छ । यही लतले हाम्रा दुधमुखे बालबालिकाहरु मोबाइलबिना खाना नखाने भएका छन् । युवाहरुका त कुरै छोडौँ वयस्क र बृद्धहरु पनि मोबाइलबिना बाँच्न नसक्ने भएका छन् । फेसबुक, टिकटक, युट्युब लगायत सञ्जालहरुले डलरको ललिपप फ्याँकेर हामीलाई भौतिक तथा सिर्जनात्मक कामबाट टाढा राखिदियो । त्यसैले आजको युवा शारीरिक श्रमको काम गर्न कोही रुचाउँदैन । बरु एउटा मोबाइल र अलिकति डाटा भए रातभरी नसुतेर पागलपन देखाएर भए पनि अलि डलरको लोभमा रातभर जागा रहन्छ । असारको महिनामा रोपाई गर्न हात चलाउनुको साटो रोपाई गरिरहेकाहरुको भिडियो बनाएर चमाल कमाउनुको सट्टा भिउज कमाउन श्रम गरिरहेको छ । यसरी हरेक क्षेत्र र हरेक मस्तिष्कमा श्रम भन्दा पनि कसरी भिउज बढाउने र भाइरल हुने भन्ने मनस्थिति स्थापित भइसकेको छ ।
यसको सिकारमा तपाईहामी सबै परिसकेका छौँ । धान फल्ने खेत बाँझा भए पनि फेसबुकको वाल, टिकटकको वाल बाँझो रहन दिएका छैनौँ । व्यक्ति, समाज र राष्ट्र पूरै यही अभ्यासमा दौडिएको छ । त्यसैको उपज हो तपाई हामीले गरेका हरेक कामको तस्बिर, भिडियो सामाजिक सञ्जालमा पोष्ट हुने । हामीले गर्ने धर्मकर्मदेखि लिएर नितान्त व्यक्तिगत प्रेमसम्बन्ध पनि अब सामाजिक सञ्जालमा पोष्ट भएन भने त्यो कामको औचित्य नै नहुने भएको छ । यसैको उपज राजनीति पनि हो । वर्तमान राजनीति पनि सामाजिक सञ्जालकै आधारमा चलिरहेको छ । वास्तविकता नबुझेर ट्रेन्ड र भाइरलका आधारमा राम्रो नराम्रो छुट्याउन थालिएको छ । बन्द कोठाभित्रबाट संसार हेरिरहेको वर्तमान पुस्ताले संसारका विकसित देशहरुको विकास त अनलाइनमा देख्यो तर त्यो विकास कसरी भयो भन्ने कुरा देख्न पाएन । भौतिक रुपमा काममा सङ्लग्न नभएको यस पुस्ताले विञान र सूचनाप्रविधिको चमत्कार त देख्यो तर त्यो कसरी बन्यो भन्ने क्ुरामा अनभिज्ञ छ । गगन थापाले कीर्तिपुरको डाँडामा गएर ल्यापटप चलाए पैसा कमाउन सकिन्छ भनेझैँ अरुले बनाएको ल्यापटप चलाउन त सिकियो तर ल्यापटप कसरी बन्यो भन्ने कुरा पट्टि ध्यान दिएन ।
हामीले मानसिक बौद्धिकता र एआइ बौद्धिकतालाई मात्र सर्वोपरी सम्झिन थाल्यो । सप्टवेयर भए सबै कुरा हुन्छ भन्ने पुस्ताले हार्डवेयरबिना सप्टवेयर चल्न सक्दैन भन्ने कुरा सम्झिने मौका नै पाएन । किनकी त्यतिबेलासम्म ऊ सामाजिक सञ्जालको तलमा फसिसकेको थियो । सञ्जालबाट आउने डलरको ललिपपले उसलाई बिना प्रहरीको जेलभित्र थुनिसकेको थियो । वर्तमान नेपाली राजनीतिमा पनि भएको वास्तविकता यही हो । अनलाइन राजनीति चल्न थालेपछि भिउज र भाइरल र टे«ण्डका आधारमा विश्लेषण गर्न थाल्यो । त्यसैलाई वास्तविक शक्ति मानेर निर्णय लिदै सामाजिक सञ्जालबाटै आफ्ना तर्क पोख्न थाल्यो । त्यसैमा राजनीति गर्न थाल्यो । भौतिक संसारलाई भूलेर अनलाइन संसारलाई सत्य मान्नुको परिणामले नागरिकहरुलाई कित्ताकित्तामा विभाजन ग¥यो । अरुले गरेका काम र भनेको कुराको सत्य निरुपण गर्नुको साटो अनलाइन र गुगलबाट समाधान खोज्न थालेपछि देशमा राजनीतिक समस्या खडा भयो । भाइरल गुटहरु बने, बढी भाइरल गुटको वर्चस्व बढ्यो र अन्तिम सत्य हामी नै हौँ भन्ने लाग्यो र देश अनलाइनबाटै बनाउने निर्णयमा पुग्यो । यसै बिचमा सरकारको सामाजिक सञ्जालमा खुब विरोध हुन थाल्यो ।
त्यो विरोधबाट बच्न सरकारले सञ्जाल नियमन गर्ने बाहानामा बन्द गर्न खोज्यो । लागुऔषधमा फसेका मानिसहरुजस्तै सामाजिक सञ्जालको लत परेका हामीलाई एक्कासी सञ्जाल बन्द हुन लाग्दा के गरौँ ? कता जाऔँ जस्तै भयो । हामीले बन्द कोठामा अनलाइन बिना बस्न सकेनौँ । अनलाइनमा देश बनाउने लत परेका हामीले देश बनाउन पाएनौँ । सरकारले आफू विरोधबाट बच्न सञ्जाल नियमन गरेजस्तै हामी अब देश नबाइ नहुने अडानमा अघि दगु¥यौँ । पश्चिमा र छिमेकीहरुले यसैको फाइदा लिदै डिजायन बनाए । उक्त डिजायनमा आफू परेको न त सरकारले पत्तो पायो न हामीले नै । सरकारमा बसेकाहरुले अब सरकार जाने भयो भन्ने ठानेर प्रहरी परिचालन गरी भटाभट कलिला बालबालिमा मा¥यो । त्यही झोकमा युवा पुस्ताले समग्र राज्यसत्ता एकै दिनमा निल्ने गरी प्रदर्शन देखायो । डिजाइनरहरु सफल भए । न सत्ताले सत्ताको स्वाद लिन पायो न देश नै बन्यो ।
यसै अनलाइनबाट देश बनाउने अभियानको उपज हो वर्तमान जेन्जी पुस्ता । भौतिक रुपमा कसैलाई चिन्नु छैन जान्नु छैन , अनलाइनमै बोलेका र पोस्ट्याएका भरमा अभियान सुरु ग¥यो र पुराना पुस्ताले साँच्चिकै देश बिगारेको निष्कर्ष निकाल्दै वारपारको आन्दोलनको तयारी ग¥यो । यहाँ पुरानो पुस्ताले पनि अनलाइनमै देश बनाइरहेको र भ्रष्टाचार, अनियमितता, घुसखोरी, गुट र दलगत राजनीति गर्दै आइरहेकाले जनसमर्थन पनि पायो । यसैको फलस्वरुप बिना नेतृत्वको आन्दोलन सुरु गरी देशलाई एकै दिनमा सङ्कटको घडीमा पुगाउन सफल भयो । अनलाइनमै देश बनाउने लतमा फसिसकेको हुनाले भौतिक रुपमा अघि सर्नुपर्दा के गर्ने के नगर्ने भन्ने चेतनाले काम गरेन । यसै लतलाई मुख्य हतियार बनाएर बाह्य शक्ति र भित्रका स्वार्थी समूहले फाइदा उठाउन चलखेल गरे । सर्वोच्चदेखि सिंहदरबार सबै जलाउन सफल भए । यसरी अन्तमा शुन्य हातमा लिएर फर्कने अवस्थामा पुग्यो । यसरी सामाजिक सञ्जालमै बिग्रिएको देश सामाजिक सञ्जालमै बनाउन खोज्दा खेतबाट धान निस्किनुको सट्टा धानको फोटो भिडियो निस्किएको हो, न यसलाई पकाउन मिल्छ न खान ।
यस्तै अवस्था आजभन्दा करिब ३० वर्ष अघि पश्चिमा देशहरुमा आएको थियो । सबै सामाजिक सञ्जालको लत फसिसकेका थिए । भौतिक रुपमा काम गर्ने दक्ष जनशक्ति देशमा नभएपछि वैदेशिक रोजगारको बाटो खोलिदिएर गरीब राष्ट्रका मानिसहरुलाई कामका लागि बोलाउन थाले । श्रमयुक्त काम गर्न नरुचाउने पश्चिमा तथा अरबमूलका देशहरुले अनलाइन चाल चल्दै यस्ता एपहरुको सिर्जना गरे जसले गरीब राष्ट्रहरुमा त्यसको लत लाएर पैसा कमाउने र तिनै देशका नागरिअनलाइन लतको हतियारले बाह्यशक्तिको आक्रमणकहरुलाई श्रमिकका रुपमा बोलाई तिनकै पैसाले तलब दिने । वर्तमान समयको वास्तविकता यही हो । अहिले हरेक नेपालीले २४ घण्टामा १२ घण्टा अनलाइनमा समय बिताएको पाइन्छ । भौतिक संसार बुझन समय नै छैन । यसकारण यो लत रहुन्जेल न त देश बन्छ न समस्या नै समाधान हुन्छ ।
यति भइसकेपछि अब के गर्ने त ? अबको समय सङ्कटको समय हो । बाह्य शक्तिको डिजायनलाई चक्मा दिने गरी यदि नयाँ पुस्ताले विवेकयुक्त निर्णय लिएर अगाडि बढ्न सक्यो भने अझैँ सबै बिग्रिसकेको छैन । अब दुईटा बाटा छन् एउटा देशलाई अभिभावक विहीन बनाएर अगाडि बढ्नुको साटो यही व्यवस्थामाथि टेकेर सुधार गर्नु या कुनै उपयुक्त पात्रको खोजी गरी नयाँ व्यवस्थाको सुरुवात गर्नु यो बाहेका अन्य विकल्प छैन । नयाँ व्यवस्थाका लागि थुप्रै सङ्घर्ष र षडयन्त्र देखिन थालिसकेका छन् । त्यसबाट बच्न अब ढिलो भइसकेको छ । यसकारण यही व्यवस्थामा टेकेर राष्ट्रपतिबाट छिट्टै चुनाव हुने गरी वातावरण मिलाउनु नै बुद्धिमानी देखिन्छ । सैनिक सासन पनि विकल्प हो । असज परिस्थितिमा सेनाले देशलाई निकास दिएका उदाहरण धेरै छन् तर वर्तमान घटना हेर्दा झट्ट विस्वास गरिहाल्न सक्ने वातावरण चाहिँ देखिदैन । यसकारण पुरानै व्यवस्थालाई पूर्ण तहसनहस नगरी वार्ताका माध्यमबाट राष्ट्रपतिसँग सहमति गरेर तत्काल अर्को चुनावको व्यवस्था गर्नुको विकल्प छैन ।

