मुसुक्क हाँस्न थाल्छ ऐना हेरेर मान्छे
अनेक सोख पाल्छ ऐना हेरेर मान्छे
छन् भित्र मैल कत्ति आफै बिमार पार्ने
मात्रै वदन पखाल्छ ऐना हेरेर मान्छे
काला कपालका ती देखर रङ्गमञ्च
सेता कपाल फाल्छ ऐना हेरेर मान्छे
मनले सवार गर्ने बाटो छ भत्किएको
गाला निधार टाल्छ ऐना हेरेर मान्छे
छोडेर हाड छाला छुट्टै बसाई सर्दा
लुगाहरू सम्हाल्छ ऐना हेरेर मान्छे

